एफएनसिसिआईमा केन्द्रीय सदस्यमा राउत र अग्रवाल निर्विरोध « Arthapath.com
४ मंसिर २०७७, बिहीबार

एफएनसिसिआईमा केन्द्रीय सदस्यमा राउत र अग्रवाल निर्विरोध



काठमाडौं । नेपाल घद्योग बाणिज्य महासंघको निर्वाचन नजिकिएको छ । यही मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुने महासंघको महासंघको ५४औं वाषिर्क साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११, १२ र १३ गते हुने ५४ औं साधरणसभाको तयारी तिब्र रुपमा र्भरहेको छ ।

महासंघको निर्वाचन आउनु १ साता अघिनै दुई केन्द्रीय सदस्यहरु निर्विरोध निर्वाचित भएका छन । निर्विरोध निर्वाचित हुनेहरुमा प्रदेश १ का तर्फबाट उम्मेदवारी दिएका राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवार सन्दीप अग्रवाल निर्वाचित भैसकेका छन । निर्वाचित दुई केन्द्रीय सदस्यहरु चन्द्र ढकाल पक्षका हुन ।

महासंघको निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारहरु तिब्र प्रचार प्रसारमा लागेका छन । महासंघमा वस्तुगत उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ ढकाल पक्षबाट र अञ्जन श्रेष्ठ किशोर प्रधानपक्षबाट मैदानमा उत्रिएका छन । त्यसैगरी एशोसिएट उपाध्यक्षमा ढकाल पक्षबाट रामचन्द्र संघई र प्रधान समुहबाट शौरभ ज्योति मैदानमा रहेका छन । त्यस्तै जिल्ला नगर उपाध्यक्षमा प्रधान पक्षबाट दिनेश श्रेष्ठ र ढकाल समुहबाट गुणनिधि तिवारी भिड्दैछन ।


प्रतिक्रिया दिनुहोस्