नेपालको निर्यात व्यवसाय नै धरापमा पर्न सक्ने « Arthapath.com
२२ पुष २०७८, बिहीबार

नेपालको निर्यात व्यवसाय नै धरापमा पर्न सक्ने



काठमाडौं । नेपाल निर्यात परिषद्ले छैठौं दिवस अवसरमा ठमेलको नेपाली घर होटलमा प्रर्दशन आयोजना गरेको छ । नेपाल निर्यात परिषद्ले हस्तकला महासंघको सहआयोजना र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा छैठौं निर्यात दिवस मनाउदै छन् ।

मंगलबारदेखि सुरु भएर बिहीबारसम्म चल्ने यस दिवसमा विभिन्न नेपाली उत्पादनको प्रदर्शन पनि गरिएको छ । परिषद्ले नेपाली निकासी योग्य वस्तुहरूको प्रदर्शनीसहित छैठौं निर्यात दिवस आयोजना गरेको हो ।

परिषद्ले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्वन केन्द्र र नेपाल हस्तकला महासंघको सहकार्यमा ‘निकासी व्यापारको सुधार, राष्ट्रिय अर्थतन्त्रको मुल आधार’ भन्ने नाराका साथ छैठौं निर्यात दिवस मनाइरहेका छन् ।

उनी, फेल्ट, हस्तकलाका सामग्री, नेपाल कपासका कपडालगायत वस्तु तथा सामग्री कार्यक्रमस्थलमा प्रदर्शनमा राखिएको छ । बिहीबार परिषद्को नयाँ नेतृत्व चयनसँगै निर्यात दिवसको सम्पन्न गरिने बताएको छ ।

साथै निर्यात व्यवसायीहरूले सरकारले आफ्ना गुनासा नसुनेको आरोप लगाएका छन् । काठमाडौंमा आयोजित छैठौं निर्यात दिवसको उद्घाटन सत्रमा निर्यात व्यवसायीले सरकारले आफ्ना गुनासा सुनुवाइ नै नगरेको बताए । निर्यात परिषद् अध्यक्ष हरिबहादुर कार्कीले नगद प्रोत्साहन, निर्यातयोग्य वस्तुको भन्सार प्रणालीमा सहजता लगायतका कुराको सुनुवाइ नगरेको बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघ निर्यात परिषद्का सभापति मनीषलाल प्रधानले पनि अहिलेसम्म व्यवसायीको गुनासो नसुनेको सरकारबाट केही आश गर्न पनि नहुने बताएका छन् । उनले हालसम्म निर्यात व्यवसायीले पाउने निर्यात अनुदानसमेत पाउन नसकिरहेको अवस्थामा सरकारबाट अन्य सेवा र सहुलियतको कुरा सोच्नै नसकिने बताए ।

उनका अनुसार निर्यात प्रवद्र्धन, निर्यातकर्तालाई कर्जा प्रवाहमा सहुलियतलगायतमा पूरा ध्यान दिन नसकिरहेको अवस्था छ । जसका कारण नेपालको निर्यात व्यवसाय नै धरापमा पर्ने अवस्थामा पुगेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्