बुकविल्डिङमा सेयर निष्कासन गर्न लागेको सर्वाेत्तम सिमेन्टको तेश्रो वार्षिक साधारणसभा सम्पन्न « Arthapath.com
१२ माघ २०७८, बुधबार

बुकविल्डिङमा सेयर निष्कासन गर्न लागेको सर्वाेत्तम सिमेन्टको तेश्रो वार्षिक साधारणसभा सम्पन्न



काठमाडौं । सर्वाेत्तम सिमेन्ट लिमिटेडको तेश्रो वार्षिक साधारण सभा गत माघ बुधबार सम्पन्न भएको छ । बुक विल्डिङमार्फत सेयर निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्टले सभागरी महत्वपूर्ण विषयमाथि छलफल गरेको छ ।

लेखा परिक्षकको प्रतिवेदन सहितको आ.व.२०७७/२०७८ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने निर्णय भयो । त्यसैगरी आ.व.२०७७/२०७८को लागि संचालक समितिले सिफारिस गरे बमोजिम लेखापरिक्षकमा सूभास एण्ड कम्पनी चार्टड एकाउन्टेण्टस् लाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

साथै, विशेष प्रस्तावहरु अन्तर्गत धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन साठी लाख कित्ता शेयर निष्काशन बुक विल्डिङ्ग विधिवाट गर्ने निर्णय भएको छ । त्यसैगरी, धादिङ जिल्ला रोरांग गाँउपालिका स्थित कान्द्रांगगढी चुनढुंगा भण्डारणको उत्खनन कार्यका लागि पन्ध्र करोड एक लाखमा खानी खरिद गर्ने संचालक समितिको निर्णयलाई अनुमोदन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्