भन्सार एजेन्टको स्थगित लिखित परीक्षा फागुन २८ गते हुने « Arthapath.com
२६ माघ २०७८, बुधबार

भन्सार एजेन्टको स्थगित लिखित परीक्षा फागुन २८ गते हुने



काठमाडौं । भन्सार एजेन्टको स्थगित लिखित परीक्षा फागुन २८ गते हुने भएको छ । भन्सार विभागले गत वर्ष चैत १६ मा ६६० जना नयाँ भन्सार एजेन्टका लागि दरखास्त आह्वान गरेको थियो।

कोरोनाका कारण यही माघ २९ गते हुने भएको लिखित परीक्षा स्थगित भएको थियो । भन्सार विभागले बुधबार सार्वजनिक सूचना जारी गर्दै २८ फागुन दिउँसो २ बजे लिखित परीक्षा हुने जनाएको छ ।

भन्सार एजेन्टमा झन्डै २२ वर्षपछि नयाँ भर्ना खुलेको हो ।


प्रतिक्रिया दिनुहोस्