लोडसेडिङ स्वीकार्य नहुने अध्यक्ष गोल्छाको भनाइ « Arthapath.com
१९ बैशाख २०७९, सोमबार

लोडसेडिङ स्वीकार्य नहुने अध्यक्ष गोल्छाको भनाइ



काठमाडौं । पछिल्लो समय नेपाल बिधुत प्राधिकरणले गरेको लोडसेडिङले निजी क्षेत्रलाई थप संकट उत्पन्न गर्ने नेपाल उधोग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताएका छन् । बिधुतमा समस्या छ भने निजी क्षेत्र सहयोग तथा समन्वय गर्न तयार रहेको अध्यक्ष गोल्छाले बताए ।

महासंघले आयोजना गरेको पुर्ब बजेट अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले प्राधिकरणले गरेको अघोषित लोडसेडिङ स्वीकार्य नहुने बताएका हुन् । कोरोना महामारीको संकटले थला परेको निजी क्षेत्रलाई लोडसेडिङ हुँदा बज्रपात नै परेको अध्यक्ष गोल्छा बताउँछन् ।

अर्थतन्त्र उकास्नको लागि लगानी बढाउनुपर्ने उनको भनाइ छ ।बाह्य तथा आन्तरिक लगानी बढाउदा निजी क्षेत्रलाई प्रोत्साहन हुने उनको भनाइ छ । पूजी निर्माणमा निजी क्षेत्रको ७५ प्रतिशत रहेको भएपनि सरकारले बेवास्ता गरेको गोल्छाले बताए ।
कोरोना महामारीका कारण ८० प्रतिशत पर्यटन घटेको उनले बताए । पर्यटन बढाउन निजी क्षेत्र तथा महासंघले आफ्नो क्षेत्रबाट पहल बढाईरहेको उनले बताए । भविस्यमा आउने कुनै संकट तथा महामारीलाई सहजै सामना गर्न सक्ने बजेट ल्याउन उनले माग गरे ।

बजेटमा पुर्वाधार र लगानीलाई प्राथमिकता दिनुपर्ने उनको माग छ । नेपालमा पछिल्लो समय विद्युत कटौति भइरहेको बिषयलाइ लिएर विभिन्न महासंघहरुले समस्या सामाधान गर्ने आग्रह गर्दै आइरहेको छन् ।


प्रतिक्रिया दिनुहोस्