उधोगमा भएका समस्या समाधान नभएसम्म अर्थतन्त्रमा संकट आइरहन्छ-अध्यक्ष गोल्छा « Arthapath.com
२१ बैशाख २०७९, बुधबार

उधोगमा भएका समस्या समाधान नभएसम्म अर्थतन्त्रमा संकट आइरहन्छ-अध्यक्ष गोल्छा



काठमाडौं । नेपाल उधोग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उधोगमा भएका समस्या समाधान नभएसम्म अर्थतन्त्रमा संकट आइरहने बताएका छन् । पछिल्लो समय आएको संकट उधोगमा भएका समस्या समाधान नहुनू रहेको अध्यक्ष गोल्छाले बताए ।

सरकारले कतिलाई रोजगारी दियो, कति उत्पादन गर्यो भन्ने हुन्छ । यदि सरकारले उत्पादनमुखी उधोगलाई संचालन गर्न सहज वातावरण गर्न दिने हो भने अर्थतन्त्रमा समस्या नै नआउने उनले बताए ।

अध्यक्ष गोल्छाले सरकारले निजी क्षेत्रसङ्ग मिलेर वास्तविक समस्या समाधान गर्नुपर्ने उनले बताए । अहिलेको संकट आउनुमा ग्लोबल समस्या, तरलता अभाव, लोकल क्राइसिस लगायत रहेको उनले बताए । स्थानीय स्रोतलाई ध्यान दिने हो भने संकट नआउने उनको भनाइ छ । अध्यक्ष गोल्छाले रेमिटेन्स भित्र्याउन सरकारले वैदेशिक रोजगारमा रहेकालाई अनुदानको ब्यबस्थापन गर्नुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्