गैरआवासीय नेपाली संघले राष्ट्रिय आविष्कार केन्द्रलाई १२ लाख ८७ हजार रुपैयाँ सहयोग « Arthapath.com
८ असार २०७९, बुधबार

गैरआवासीय नेपाली संघले राष्ट्रिय आविष्कार केन्द्रलाई १२ लाख ८७ हजार रुपैयाँ सहयोग



काठमाडौं । गैरआवासीय नेपाली संघले आज सचिवालयमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रलाई १२ लाख ८७ हजार ५८० रुपैयाँ ४८ पैसाको चेक हस्तान्तण गरेको छ ।

उक्त चेक गैरआवसीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष डा. महावीर पुनलाई हस्तान्तण गरेका हुन ।

संघका उपाध्यक्ष महेश कुमार श्रेष्ठले स्वागत मनतब्य राख्दै विश्वभरका नेपालीहरुले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिरहेको जानकारी गराए । यसरी नै डा. महावीर पुनले संघले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेकोमा आभार प्रकट गरे । विदेशबाट ९२ देखि ९४ प्रतिशत सामान नेपालमा आयात हुँदा धेरै रकम विदेशमा नै जाने भएकोले त्यसको ५ प्रतिशत मात्र नेपालमा उत्पादन गर्न सके देशको व्यापार घाटा कम हुने, देशको राजस्व वृद्धि हुने र रोजगारीको सृजना हुने बताए । राष्ट्रिय आविष्कार केन्द्र कुनै एक क्षेत्रमा मात्र नभई पालिका, प्रदेशमा खोलिनु पर्ने जोड दिए । त्यस्तै गैरआवासीय नेपाली संघले पनि आविस्कार केन्द्रको स्थापना गरी नयाँ प्रतिभावान व्यक्तिहरूलाई प्लाटफर्म दिन सक्ने बताए ।

कार्यक्रमको अन्त्यमा संघका कार्यकारी अध्यक्ष कुल आचार्यले विभिन्न अभियन्ताहरुबाट प्रतिबद्धता गरिएको रकम मध्ये संघको खातामा जम्मा भएको रकम हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताए । त्यस्तै विदेशमा सिकेको ज्ञान, सीप र लागानी नेपालमा हस्तान्तण गर्न राष्ट्रिय आविष्कार केन्द्र जस्ता ठाउँहरू उपयुक्त रहेको ठहर गर्दै संघले पवित्र मन बोकेको राष्ट्रिय आविष्कार केन्द्रलाई हरदम सहयोग गर्न तयार रहेको बताए ।

यस कार्यक्रमको सञ्चालन गैरआवासीय नेपाली संघ युरोपका क्षेत्रीय संयोजक चिन्तामणी सापकोटाले गर्नु भएको थियो । कार्यक्रमा विभिन्न मुलुकबाट आउनु भएका आइसिसि तथा एनसिसिका प्रतिनिधिहरु, गैरआवासीय नेपालीहरु लगायत संचारकर्मीहरुको सहभागीता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्