हकप्रद शेयर निष्कासन प्रस्ताव सहित मुक्तिनाथ कृषि कम्पनी साधारण सभा असोज २८ गते « Arthapath.com
५ आश्विन २०७९, बुधबार

हकप्रद शेयर निष्कासन प्रस्ताव सहित मुक्तिनाथ कृषि कम्पनी साधारण सभा असोज २८ गते



काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले ५१औं वार्षिक साधारण सभा असोज २८ गतेका लागि बोलाएको छ । भदौं ३१ गते बसेको संचालक समितिले दियालो फुडल्यान्ड एण्ड पार्टी प्यालेस बसुन्धारा काठमाडौंमा दिउँसो १ बजे बस्ने गरी आव्हन गरेको हो ।

सभाले आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७८।०७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायका विवरणहरु पारित गर्ने छ । साथै, सभाले आर्थिक वर्ष ७९।०८०को लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

त्यस्तै, कम्पनीले हाल कायम चुक्तापूँजी ७० करोडको ५५.५५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश गरीएको छ ।


प्रतिक्रिया दिनुहोस्