सुदुरपश्चिमबाट १५ हजार भन्दा बढीले वैदेशिक रोजगारीका लागि लिए श्रम स्वीकृति « Arthapath.com
७ मंसिर २०७९, बुधबार

सुदुरपश्चिमबाट १५ हजार भन्दा बढीले वैदेशिक रोजगारीका लागि लिए श्रम स्वीकृति



काठमाडौं । आर्थिक वर्ष २०७८÷७९ को असार मसान्तसम्ममा सुदुरपश्चिम प्रदेशबाट १५ हजा भन्दा बढीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिएका छन् ।

बैदेशिक रोजगार विभागका अनुसार यस प्रदेशबाट १४ हजार ७ सय ९९ जना पुरुष तथा ५ सय ५७ जना महिला गरी जम्मा १५ हजार ३ सय ५६ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिएका हुन । देशभरिबाट श्रम स्वीकृति लिने संख्याको झण्डै २.४३ प्रतिशत हो ।

आर्थिक वर्ष २०७८÷७९ असार मसान्तसम्ममा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट सुदूरपश्चिम प्रदेशमा १८,७४३ जना लाभान्वित भएका छन । रोजगारीमा खटिएकामध्ये सबैभन्दा बढी बाजुरा जिल्लामा ६,१९१ जना लाभान्वित भएका छन भने कञ्चनपुर जिल्लामा सबैभन्दा कम १,९२३ जना लाभान्वित भएका छन ।


प्रतिक्रिया दिनुहोस्