एफएनसीसीआईका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र राजस्व समितिका सभापति कर सम्मानित « Arthapath.com
७ मंसिर २०७९, बुधबार

एफएनसीसीआईका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र राजस्व समितिका सभापति कर सम्मानित



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र कर तथा राजस्व समितिका सभापति संदीप कुमार अग्रवाल सम्मानित भएका छन् ।

सरकारले धेरै कर तिर्ने उद्योगी र व्यवसायीलाई कर दिवसका अवसरमा उनीहरुलाई सम्मान गरेको हो । सरकारले हरेक वर्ष धेरै कर तिर्ने उद्योगी व्यवसायीहरुलाई सम्मानित गर्दै आएको छ ।

बुधवार आर्थिक वर्ष २०७७÷७८ मा वस्तु व्यापारतर्फ महासंघका अध्यक्ष गोल्छाको हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., बरिष्ठ उपाध्यक्ष ढकालको आईएमई लिमिटेड रेमिट्यान्सतर्फ र कर तथा राजस्व समितिका सभापति अग्रवालको शिवशक्ति घ्यु कम्पनी खानेतेल निर्याततर्फ बढी कर तिर्ने कम्पनीको रूपमा सम्मानित भएका हुन ।

अध्यक्ष गोल्छा, वरिष्ठ उपाध्यक्ष ढकाल र कर तथा राजस्व समितिका सभापति अग्रवाललाई महासंघ हार्दिक बधाई एवं शुुभ–कामना दिन चाहान्छ ।

‘स्वेच्छिक सहभागितासहितको फराकिलो कराधारः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ यस वर्षको नारा तय गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्