राष्ट्र बैंकको पूर्व कार्यकारी निर्देशक श्रेष्ठ राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त « Arthapath.com
९ माघ २०७९, सोमबार

राष्ट्र बैंकको पूर्व कार्यकारी निर्देशक श्रेष्ठ राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त



काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पद तथा गोपनीयताको शपथ गराएका छन् । श्रेष्ठले नेपाल राष्ट्र बैंकको पूर्व कार्यकारी निर्देशक थिए ।

तीन दशक राष्ट्र बैंकमा काम गरेको श्रेष्ठको अनुभव छ । श्रेष्ठले नेपालबाट एमपीए, बेलायतबाट एमबीए र अष्ट्रेलियाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्