व्यवसायीक सुरक्षाको प्रत्याभूति दिलाउन सुनचाँदी व्यवसायीको आग्रह « Arthapath.com
९ माघ २०७९, सोमबार

व्यवसायीक सुरक्षाको प्रत्याभूति दिलाउन सुनचाँदी व्यवसायीको आग्रह



काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदी व्यवसायको क्षेत्रमा देखिएका समस्या समाधान गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेलाई आग्रह गरेको छ ।

महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधीमण्डलले शोमबार गृहमन्त्रालयमा मन्त्री लामिछानेसँग भेटगरी सुनचाँदी ब्यवसायको क्षेत्रमा देखिएका समस्या र त्यसको समाधानमा बिषयमा जानकारी गराएको हो ।

मन्त्री लामिछानेसँगको भेटकाक्रममा महासंघका अध्यक्ष शाक्यले शान्ति सुरक्षाको प्रभावकारी ब्यवस्था मिलाउन, सुनचाँदी ब्यवसाय सञ्चभालन सम्वन्धी आवश्यक कानून निर्माणकालागि पहलगर्न र कच्चा पदार्थको पर्याप्त आपूर्ति ब्यवस्था मिलाउने वातावरण सुनिश्चित गर्न आग्रह गरे ।

त्यसक्रममा उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछाने व्यवसायीले राखेका बिषयहरुलाई आफूले गंभिररुपमा लिएको र समस्या समाधानका लािग सक्दो पहल गर्ने प्रतिवद्धता जनाए ।

मन्त्री लामिछाने सँगको भेटका क्रममा महासंघका तर्फवाट उपाध्यक्ष द्धय विपिन रामुदामु र महेन्द्र शाक्य एवं महासचिव धर्मशुन्दर बज्राचार्य लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्