तेलमा लाग्ने कर छुट गर्न संघको आग्रह « Arthapath.com
७ जेष्ठ २०८०, आईतवार

तेलमा लाग्ने कर छुट गर्न संघको आग्रह



काठमाडौं । चामल तेल दाल संघका अध्यक्ष सुवोध कुुमार गुप्ताले तेलमा लागेको कर छुट गनुपर्ने बताए । चामल तेल दाल संघले आइतबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

उनले विदेशबाट तोरीको तेल आयत भएको कारणले स्वदेशमा उद्योगधन्दाहरु बन्द भएको बताए । स्वदेशमा उद्योग सञ्चालनमा ल्याउनको लागि कर छुटको लागि आग्रह गरेका छन् । भारतबाट आयत भएको तोरीको तेलमा कर तिर्न नपरेको कारणले गर्दा नेपालमा भन्दा २५ प्रतिशत कम मूल्यमा प्रप्त हुने उनले बताए ।

कृषिलाई पुर्ण प्रथामिकतामा राखेर स्थापना भएको दाल, चामल, तेल जस्ता उद्योगको प्रष्टनीति निर्माण नहुनु, कृषि भुमिको संरक्षण नहुनु, उन्नत बिउ मलको पूर्ण व्यावस्थापन नहुनु, राज्यको कमजोर रहेको उनले बताएका छन् । यस्तै, राष्ट्रिय अर्थतन्त्र सबल बनाउन आन्तरिक उत्पादन र स्वदेशी उद्योगलाई नीति निर्माण गरि विशेष प्रथामीकता साथ दिनुपर्ने संघको भनाइ रहेको छ ।

नेपालमा स्वदेशी र आयातित कच्चा पर्दाथ प्रयोग गरी २५ वटा दाल उद्योगहरु सञ्चालनमा रहेको गुप्ताले जानकारी दिएका छन् । स्वदेशी दाल उद्योगले सतप्रतिशत माग धानिरहेको उनले बताए । मागलाइ परिपुर्ति गर्ने सक्ने क्षमता भएपनि हाल अनावश्यक रुपमा तयारी दालको आयत भएको र कच्चा दाल र तयारी दालको सामान भन्सार दर १० प्रतिशत कायमले विदेशी दालसंग प्रतिस्पर्धा गर्ने नसकी उद्योगहरु धारासायी हुने स्थितिमा पुगेको दाबी गरे ।

अरबौंको स्वदेशी लगानीमा उद्योग स्थापना गरेको छ तर सरकारले बेलाबेला नयाँ नीति परिवर्तन गर्दा उद्योगधन्दाहरुको लगानी जोखिममा रहेको संघको भनाई छ । संघले स्वदेशी दाल उद्योग संरक्षण गर्न तयारी दाल नेपाल आयत गदा १.५ प्रतिशत एडभान्स इनकम ट्याक्स लगाउन जरुरी रहेको र जसले गर्दा स्वदेशी उद्योग सरक्षण हुने संघको भनाइ रहेको छ ।

रातो बासमति विदेशी निकासी खुल्ला हुनुपर्ने । तोरीको तेलमा लागेको १३ मुल्य अविवृद्धी कर खारेज हुनुपर्ने, बैंकको ब्याज एकल हुनुपर्ने, बैंकको तरलताको अभाव ठिक हुनुपर्ने माग व्यवसायीकाे रहेकाे छ ।

अहिले धेरै जसाे उद्योगको उत्पादत घटेको छ । चामल तेल दाल लगायतका कच्चा पदार्थको गुणस्तरमा निर्भर हुने भएपनि राजश्व कार्यालयले अमान्य गरी आफ्नै तरिकारले हिसाब गरी मु.अ.कर असुली गर्ने गरेकाले उद्योगहरु मारमा परेको संघले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्