पहिलो पटक मिस वल्र्ड नेपालमा आईन « Arthapath.com
२२ फाल्गुन २०७६, बिहीबार

पहिलो पटक मिस वल्र्ड नेपालमा आईन



काठमाडौं । सन् २०१९ की मिस वल्र्ड विजेता टोनी–एन सिंह बिहीबार नेपालमा आएकी छिन । संस्कृति, पर्यटन र उड्यन मन्त्रालयको निमन्त्रणामा नेपाल आएकी सिंहसँग मिस वल्र्ड आयोजकका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्टिभ डग्लससमेत नेपाल आएका छन ।

गत जनवरीमा मिस नेपाल आयोजक हिडेन ट्रेजरले जुलिया मोर्ले र मिस वल्र्ड विजेतालाई उसको २५ औँ वार्षिकोत्सवमा निमन्त्रणा गरेको थियो । सोही निमन्त्रणा मान्न उनीहरू नेपाल आएका हुन ।

पहिलो पटक मिस वल्र्ड अर्गनाइजेसनका अध्यक्ष तथा मिस वल्र्डले नेपाल भ्रमणमा आएका हुन ।

नेपाल भ्रमणको क्रममा मिस वल्र्ड अर्गनाइजेसन समूहले नेपालले मिस वल्र्ड प्रतियोगिता आयोजना गर्ने सम्भावनालाई ध्यान दिनेछ । यो टोलीले मिस वल्र्डमा ‘विउटी विथ पर्पाेज’ जितेको भिडियोमा देखाइएको मकवानपुर र सिन्धुपाल्चोक जिल्लासमेत भ्रमण गर्ने मिस नेपाल आयोजक हिडेन ट्रेजरले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्