कोरोनाः सरकारको तयारी न्युन, टेकु अस्पतालमा ५ आईसोलेशन वार्ड, ४० बेडको क्वारेन्टाईन « Arthapath.com
४ चैत्र २०७६, मंगलवार

कोरोनाः सरकारको तयारी न्युन, टेकु अस्पतालमा ५ आईसोलेशन वार्ड, ४० बेडको क्वारेन्टाईन



काठमाडौं । चिनको वुहानबाट शुरु भएको कोरोना (कोभिड–१९) भाईरसले आक्रामक रुपमा फैलिरहेको छ । विश्वव्यवापी महामारीका रुपमा फैलिरहेको कोरोना भाईरसबाट १ सय ५० भन्दा बढि देश प्रभावित भएको छ । कोभिड १९ को कारण सार्वजनिक रुपमा हुने जमगघ, भेला, मेला महोत्सव लगायत मानिसको बढि भिड हुने कार्यक्रम नगर्न नेपाल सरकारलेसमेत अनुरोध गरिसकेको छ । डब्लुएचओले यति मात्रै होईन महामारीको घोषणा समेत गरि सबै देशलाई कडा रुपमा लाग्न आग्रह गरेको छ ।

चिनबाट उत्पत्ति भएको कोरोना भाईरसले विश्वलाई नै त्रसित बनाएको छ । कोरोना भाईरस विश्वभरि १ लाख ८३ हजार ६ सय ३७ जनामा संक्रमण देखिएको छ । यसको संक्रमणले मृत्यु हुनेको संख्या ७ हजार एक सय ७७ पुगेको छ । यो रोग लागेर स्वस्थ भएर घर फर्किएका ७९ हजार ९ सय ८ जना रहेका छन ।

नेपालमा पनि यो रोग प्रवेश रोक्नका लागि सरकार कडा रुपमा लागिरहेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा समिति गठन गरि निगरानी भईरहेको छ । कोरोना भाईरसका विरामी नेपालमा नरहेको र कुनैपनि नागरिक विदेशबाट आएमा १४ दिन क्वारेन्टाईमा राखेर निरीक्षण गरिरहेको छ ।

नेपालमा कोरोनाको सबैभन्दा उच्च जोखीम भनेको विदेशबाट नेपाल आउने नागरिकबाट रहेको छ । किनभने नेपाली नागरिकमा यो रोग अहिलेसम्म लागेको छैन । विदेशमा कोरोनाका विरामीहरु दिनप्रतिदिन बढिरहेका छन् ।

नेपालीहरुमा कोरोना भाईरसको बारेमा सकारात्मक ज्ञानभन्दापनि नकरात्मक ज्ञान बढिरहेको छ । सरकारले यो रोग संक्रमण भए नभएको क्वारेन्टाईनमा राखेर स्वास्थ्य परिक्षण गरिरहेको छ । तर नेपालमा हालसम्म यो रोग नलाग्नुमा पक्षिण गर्ने बानि नभएकाले नदेखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेण्ट ट्रपिकल मेडिसीन डा अनुप बास्तोलाले बताए । उनले भने “नजचाँएर, नजाँचेर यो रोग नदेखिएको पो होकी ? यो जाँचेरमात्र थाहा हुन्छ । अव हामीले धेरै मान्छेको जाँच गरेर जनतालाई हो हामीले यति हजारौं, दशौ हजारको जाँच गर्यौ, दशौ हजारमा एक जनामा पनि फेला परेन भन्न पाएको भए खुशी हुन्थे होला । तर हाम्रो घाँटी सानो छ । यो क्षमता छैन ।”

५६ जनामा परिक्षण सबै नेगेटिभ
नेपालमा यो रोग छैन । नेपालमा विदेशबाट रोग लिएर आउनेमा जाँच भईरहेको छ । हालसम्म ५६ जनामा यो रोगको संक्रमण भएको शंकाका आधारमा क्वारेन्टाईनमा राखेर पक्षिण भईरहेको छ । परीक्षण गर्दा हालसम्म एक जनामा संक्रमण भएको तर उक्त व्यक्ति स्वस्थ भएर घर फर्किएको डा. बास्तोला बताउँछन । उनले भने ५६ जनाको परीक्षण गर्दा सबैको नेगेटिभ आएको छ । उनीहरुलाई घरमै बस्न उनले आग्रह पनि गरेका छन ।

टेकु अस्पतालको तयारी कस्तो छ ?
सरकारले संक्रमणको शंकामा कुनैपनि व्यक्तिलाई १४ दिन क्वारेन्टाईनमा राखेर उपचार गरिरहेको छ । काठमाडौं उपत्यका र उपत्यका बाहिरका विभिन्न अस्पतालहरुमा आईसोलेशन वार्डको स्थापना गरि शंका लागेका व्यक्तिहरुको उपचार गर्ने भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. बास्तोलाले भने “हालसम्म ५ वटा आईसोलेशन वार्ड रहेका छन । यो आईसोलेशन वार्डका लागि मापदण्ड छ्ट्याएको छ । जसमा ३ वटा आईसीयु बेड पनि छन । ४० बेडको क्वारेन्टाईन बेडको व्यवस्था रहेको छ । शंकास्पद विरामीलाई छुट्टै राखेर जाँच गर्ने व्यवस्था पनि रहेको छ । क्वारेन्टाईनमा नमुना चेक गरिएको सबैको निशुल्क व्यवस्था रहेको छ ।”


प्रतिक्रिया दिनुहोस्