अरुण भ्याली हाइड्रोपावरको नाफासँगै अधिकांश सूचक बढेपनि ईपीएस भने घट्यो « Arthapath.com
१७ माघ २०७८, सोमबार

अरुण भ्याली हाइड्रोपावरको नाफासँगै अधिकांश सूचक बढेपनि ईपीएस भने घट्यो



काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा १०.१० प्रतिशत बढेर ७ करोड ४९ लाख २७ हजार रुपैयाँ आर्जन गरेको छ । गथ आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ६ करोड ८० लाख ५३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ६ महिनामा कम्पनीको विद्युत बिक्री आम्दानी २.११ प्रतिशत बढेर ४ करोड २ लाख ६९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ३ करोड ९४ लाख ३८ हजार रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको कुल आम्दानी १७.१० प्रतिशत बढेर ११ करोड २१ लाख १३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ९ करोड ५७ लाख ४३ हजार रुपैयाँ कुल आम्दानी गरेको थियो ।

पौष मसान्तसम्ममा कम्पनीको सञ्चालन मुनाफा १३.८६ प्रतिशत बढेर १० करोड १ लाख २९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ८ करोड ७९ लाख ४१ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ९७ पैसा घटेर ८ रुपैयाँ ६६ पैसामा सिमति भएको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १३ रुपैयाा ६३ पैसा रहेको थियो । कम्पनीको मूल्य आम्दानी अनुपात ५७.८२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ८२ पैसा रहेको छ ।

पौष मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी ७३.२५ प्रतिशत बढेर १ अर्ब ७२ करोड ९५ लाख ९५ हजार रुपैयाँ र जगेडा कोष ६.३३ प्रतिशत घटेर १३ करोड ५२ लाख २६ हजार रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्