रु रु जलविद्युतको नाफा १९.६१ प्रतिशत बढ्यो « Arthapath.com
१९ माघ २०७८, बुधबार

रु रु जलविद्युतको नाफा १९.६१ प्रतिशत बढ्यो



काठमाडौं । रु रु जलविद्युत परियोजनाको चालु आर्थिको वर्षको दोस्रो त्रैमासमा खुद नाफा १९.६१ प्रतिशत बढेर ६ करोड ५७ लाख २५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ५ करोड ४९ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ६ महिनामा कम्पनीको विद्युत बिक्री आम्दानी ७.६८ प्रतिशत बढेर ९ करोड ९६ लाख ५२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ९ करोड २५ लाख ३६ हजार रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको कुल आम्दानी ७ करोड ९६ लाख ६८ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको कुल आम्दानी ७ करोड ३६ लाख ५१ हजार रुपैयाँ रहेको थियो ।

पौष मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी ४४ करोड ८४ लाख ७६ हजार रुपैयाँ र जगेडा कोष ११ करोड १७ लाख ४७ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २९ रुपैयाँ ३१ पैसा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ९२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३५.२८ गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्