विद्युत बिक्रीको आम्दानी बढ्दा खानीखोला हाइड्रोपावरको नाफा वृद्धि, ईपीएस कति ? « Arthapath.com
२५ माघ २०७८, मंगलवार

विद्युत बिक्रीको आम्दानी बढ्दा खानीखोला हाइड्रोपावरको नाफा वृद्धि, ईपीएस कति ?



काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले ६ महिनामा २ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन सफल भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणले यस्तो देखाएको हो ।

विवरण अनुसार गत वर्षको यही अवधिमा कम्पनीले ३ करोड ९७ लाख रुपैयाँ घाटा व्यहोरेको थियो । यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ८५.१० प्रतिशतले बढेको छ ।

गत वर्ष विद्युत बिक्रीबाट ५ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिमा बढेर १० करोड ५७ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा कम्पनी अन्य स्रोतबाट ९० हजार रुपैयाँ आम्दानी गरेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ५.५७ रुपैयाँ रहेको छ । गत वर्ष यही अवधिमा ईपीएस ८.५३ रुपैयाँ ऋणात्मक रहेको थियो । पीई रेसियो ५६.२८ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ९३.५७ रुपैयाँ रहेको छ ।

चुक्तापुँजी ४६ करोड ५७ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ २ करोड ९९ लाख रुपैयाँले ऋणात्मक रहेको छ । गत वर्ष यही अवधिमा रिटेन्ड अर्निङ ६० करोड २६ लाख रुपैयाँले ऋणात्मक रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्