विद्युत विक्री आम्दानीमा वृद्धि हुदाँ ङादी ग्रुप पावरको नाफा पुग्यो ३ करोड ७४ लाख रुपैयाँ « Arthapath.com
२५ माघ २०७८, मंगलवार

विद्युत विक्री आम्दानीमा वृद्धि हुदाँ ङादी ग्रुप पावरको नाफा पुग्यो ३ करोड ७४ लाख रुपैयाँ



काठमाडौं । ङादी ग्रुप पावर कम्पनीले चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २९ प्रतिशत वृद्धि भएको छ ।

कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. २ करोड ८८ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ३ करोड ७४ लाख पुगेको हो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको विद्युत विक्री आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा विद्युत विक्री बापत रू.५ करोड ४ लाख आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ७ करोड ५६ लाख पुगेको हो ।

कम्पनीको चुक्ता पूँजी रू. ७० करोड ६९ लाख रहेको छ भने जगेडामा रू. ४ करोड ४७ लाख सञ्चित गरेको छ । प्रतिशेयर आम्दानी रू. १० दशमलव ५८(वार्षिक),मूल्य आम्दानी अनुपात ७२ दशलमव २८ गुणा र प्रतिशेयर नेटवर्थ रू. १०६ दशमलव ३३ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्