एचआईडिसीएलको नाफा ५.९१ प्रतिशत बढ्दा ईपीएस घटेर ४.८५ रुपैयाँमा झर्याे « Arthapath.com
२८ माघ २०७८, शुक्रबार

एचआईडिसीएलको नाफा ५.९१ प्रतिशत बढ्दा ईपीएस घटेर ४.८५ रुपैयाँमा झर्याे



काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ५.९१ प्रतिशत बढेर ४५ करोड ३६ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ४२ करोड ८३ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको ग्राहक सम्झौताबाट भएको आम्दानी ५७.९१ प्रतिशत बढेर ४ लाख ३९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले २७८ रुपैयाँ आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी २.३० प्रतिशत बढेर ६९ करोड ४७ लाख २२ हजार रुपैयाँ र कर अघिको नाफा २.१३ प्रतिशत बढेर ६४ करोड ३४ लाख ४७ हजार रुपैयाँ रहेको छ ।

पौष मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी १३.३३ प्रतिशत बढेर १८ अर्ब ७० करोड र जगेडा कोष ७९.७७ प्रतिशत बढेर २ अर्ब ७१ करोड ३८ लाख ४३ हजार रुपैयाँ पुगेको छ । कम्पनीले सर्वसाधारण शेयर लिलामीबाट शेयर प्रिमियमबापत ५० करोड ४० लाख रूपैयाँ रकम संकलन गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ३४ पैसा घटेर ४ रुपैयाँ ८५ पैसामा सिमित भएको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ १९ पैसा रहेको थियो । कम्पनीको मूल्य आम्दानी अनुपात ६९.५८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ३ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्