रिभर फल्स पावरको आईपीओमा झण्डै १० करोड रुपैयाँ संकलन, कतिले दिए आवेदन ? « Arthapath.com
११ बैशाख २०७९, आईतवार

रिभर फल्स पावरको आईपीओमा झण्डै १० करोड रुपैयाँ संकलन, कतिले दिए आवेदन ?



काठमाडौं । रिभर फल्स पावर लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म ६ हजार ८ जनाले ९ लाख ८५ हजार १३० कित्ताका लागि ९ करोड ८५ लाख १३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

कम्पनीले चैत २७ गते, आइतबारदेखि बैशाख ११ गते आइतबारसम्म आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात संखुवासभा जिल्लाका बासिन्दाहरुका लागि ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ७ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी माइनस आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।


प्रतिक्रिया दिनुहोस्