युनाईटेड इदी मर्दी हाइड्रोपावरको साधारण सभा जेठ १४ गते, के के छन् एजेण्डा ? « Arthapath.com
२१ बैशाख २०७९, बुधबार

युनाईटेड इदी मर्दी हाइड्रोपावरको साधारण सभा जेठ १४ गते, के के छन् एजेण्डा ?



काठमाडौं । युनाईटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले १२औं वार्षिक साधारण सभा जेठ १४ गतेका लागि बोलाएको छ । बैशाख १९ गते बसेको संचालक समितिको बैठकले आभ्या क्लब घारीपाटन १७ पोखरा कास्कीमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

हाइड्रोपावरका यस वर्ष कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । सभाले आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन माथि छलफल गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदन सहितको गत आर्थिक वर्षको वासलात, नाफा, नोक्सान हिसाब तथा नगद प्रभाव विवरण सहितको वित्तीय विवरणहरु छलफल गरी पारित गर्नछ । त्यस्तै सभाले चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने कार्य सूची रहेको छ ।

कम्पनी साधारण सभा प्रयोजनका लागि बैशाख ३० गते एक दिनलागि बुक क्लोज गर्ने भएकाले बैशाख २९ सम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्