युनियन हाइड्रोपावरको बिशेष साधारण सभा शुक्रबार बस्दै, यस्ता छन् एजेण्डा « Arthapath.com
२२ बैशाख २०७९, बिहीबार

युनियन हाइड्रोपावरको बिशेष साधारण सभा शुक्रबार बस्दै, यस्ता छन् एजेण्डा



काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडले बिशेष साधारण सभा शुक्रबार (बैशाख २३ गते) बस्दैछ । कम्पनीको बैशाख ८ गते बसेको संचालक समितिको बैठकले ललितपुर ३ धोबिघाटस्थित कम्पनीको रजिष्टर्ड कार्यालयबाट भर्चुअल माध्यमबाट बिहान ११ बजे बस्ने गरी बोलाएको हो ।

सभाले कम्पनीको प्रबन्धकको दफा ६ (क) र (ख) मा संशोधन गर्ने, संचालक विष्णु प्रसाद पाण्डेको राजिनामा स्वीकृत तथा नयाँ संचालक नियुक्त गर्ने कार्य सूचि रहेको छ ।

कम्पनीले बिश्वब्यापी महामारी कोभिड १९ को संक्रमणको जोखि अन्त्य नभइसकेको अवस्थालाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट बस्ने गरी सभा बोलाएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्