रिडी पावरमा झुम्मिए लगानीकर्ता : ५ लाख ९९ हजार कित्ता सेयर बिक्री, कति छ मूल्य ? « Arthapath.com
१९ मंसिर २०७९, सोमबार

रिडी पावरमा झुम्मिए लगानीकर्ता : ५ लाख ९९ हजार कित्ता सेयर बिक्री, कति छ मूल्य ?



काठमाडौं । सोमबार रिडी पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको ३० करोड ८३ लाख ७० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज कम्पनीको ५ लाख ९९ हजार ४६५ कित्ता सेयर खरिदबिक्री भएको हो । उक्त दिन कम्पनीको सेयर मूल्यमा भने गिरावट आएको छ । आज कम्पनीको सेयर मूल्य २.९४ प्रतिशत अर्थात प्रतिकित्ता १५ रुपैयाँ १० पैसाले घटेको छ । योसंगै कम्पनीको सेयर मूल्य ४९७ रुपैयाँ ९० कायम भएको छ ।

नेप्सेले कम्पनीलाई आज (मंसिर १९ गतेदेखि) सेयर कारोबार फुकुवा गरिदिएको हो । कम्पनीले गत मसिर ६ गते कारोबार समयमा संचालक समितिको बैठक बसेर आर्थिक वर्ष २०७८/७९ को लाभांश घोषणा सम्बन्धी पत्र कारोबार समयपश्चात नेप्सेमा पठाएकोमा नेप्सेले कम्पनीको सेयर कारोबार रोक्का गरेको थियो ।

कम्पनीले यस सम्बन्धमा भुलबस समय अन्यथा हुन पुगेको र अब उप्रान्त यस्तो कमिकमजोरी नगर्ने प्रतिबद्धता जनाएपछि नेप्सेले सचेत गराउँदै शेयर कारोबार आजदेखि कारोबार फुकुवा गरिदिएको हो । कारोबार फुकुवापछि कम्पनीको सेयरमा लगानीकर्ता झुम्मिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्