ङादी ग्रुप पावरको नयाँ सञ्चालक समिति गठन, अध्यक्षमा गुरागाई « Arthapath.com
३ चैत्र २०७९, शुक्रबार

ङादी ग्रुप पावरको नयाँ सञ्चालक समिति गठन, अध्यक्षमा गुरागाई



काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले नयाँ सञ्चालक समिति गठन गरेको छ । कम्पनीको फागुन २५ गते सम्पन्न वाार्षिक साधारण सभाले निर्विरोध नयाँ सञ्चालक समिति गठन गरेको हो ।

सभा सम्पन्न पछि कम्पनीको चैत २ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष डा.भोगेन्द्र कुमार गुरागाईको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरेको हो ।

सोही बैठकले प्रबन्ध संञ्चालक पदमा रबिन सुवेदी , संञ्चालक पदमा रिली गुरुङ्, सुधाँशु तुलस्यान, रञ्जु अधिकारी र सत्य नारायाण प्रजापति गरी चार जना चयन गरेको छ । साथै, स्वतन्त्र संचालकमा लक्ष्मी शोभा गोसाईलाई नियुत्त गरेको छ ।


प्रतिक्रिया दिनुहोस्