भोलि १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार
काठमाडौं । भोलि अर्थात् कात्तिक २८ गते सरकारले १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ ।
सरकारले ‘विकास ऋणपत्र– २०८७’ मार्फत आन्तरिक ऋण उठाउन लागेको हो । सो ऋणपत्रको अवधिमा ६ वर्ष हुनेछ । ब्याजदर भने बोलकबोल माध्यमबाट निर्धारण हुनेछ ।
सो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाल नागरिकले खरिद गर्न सक्नेछन् । यो ऋणपत्र धितो राखी कर्जा लिन तथा दिन पनि पाइनेछ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार बुधवार बिहान १० बजेदेखि अपरान्ह २ बजेसम्म बोलकबोल हुने छ ।
खरिद गर्न पाउने सीमा भने घटीमा ५ लाख रुपैयाँ तोकिएको छ । बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५ लाखले भाग गर्दा निःशेष भाग जाने अंक रहेको छ ।