मधेश प्रदेश को बजेट ४६ अर्ब ५८ करोड « Arthapath.com
२५ असार २०८२, बुधबार

मधेश प्रदेश को बजेट ४६ अर्ब ५८ करोड



काठमाडौं । मधेश प्रदेश सरकारले साढे ४६ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

मधेश प्रदेशले आगामी आर्थिक वर्ष २०८२–८३ को लागि ४६ अर्ब ५८ करोड २९ लाख ५१ हजार रुपैयाँ बराबरको बजेट ल्याएको हो ।

यो मध्ये चालुतर्फ १६ अर्ब ७२ करोड ५ लाख रुपैयाँ र पुँजीगततर्फ ३० अर्ब २६ करोड २८ लाख रुपैयाँ रहेको छ ।

यस्तै, स्रोततर्फ आन्तरिक आन्तरिक राजश्वतर्फ ९ अर्ब ५० करोड ८३ लाख वित्तीय समानीकरणतर्फ ७ अर्ब ७२ करोड १९ लाख रहेको छ । यता, सशर्त अनुदानतर्फ ४ अर्ब २६ करोड १८ लाख, विशेष अनुदानतर्फ ३९ करोड ४५ लाखतथा मपूरक अनुदानतर्फ ३५ करोड ८२ लाख रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्