सरकारले निर्धारण गर्‍यो गहुँको न्यूनतम समर्थन मूल्य, यो वर्षका लागि कति तोकियो ? « Arthapath.com
१२ पुष २०८०, बिहीबार

सरकारले निर्धारण गर्‍यो गहुँको न्यूनतम समर्थन मूल्य, यो वर्षका लागि कति तोकियो ?



काठमाडौं । गहुँको न्युनमत समर्थन मूल्य तोकिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले चालु आर्थिक वर्ष २०८०/८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो ।

सूचना तथा सञ्चार मन्त्री एवं सरकारको प्रवक्त रेखा शर्माका अनुसार गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६ हजार ५० रुपैयाँ निर्धारण गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा यो वर्षका लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको शर्माले बताइन् ।


प्रतिक्रिया दिनुहोस्