प्लाष्ट नेपालको आयोजनामा चौथो अन्तर्राष्ट्रियस्तरको प्लाष्टिक प्रर्दशनी हुने
काठमाडौ । प्लाष्ट नेपाल फाउण्डेशनको आयोजनमा मंसिर १३ गतेदेखी १५ गतेसम्म राजधानीको भृकुटीमण्डपस्थित प्रर्दशनीस्थलमा चौथो अन्तर्राष्ट्रियस्तरको प्लाष्टिक प्रर्दशनी हुने भएको छ ।
प्लाष्टिकको वहुआयामिक उपयोगमा भैरहेको विश्वव्यापि विस्तारवाट नेपाल समेत लाभान्वित भैरहेको सन्दर्भमा हुन लागेको मेलामा नेपालमा उत्पादित विभिन्न प्लाष्टिक जन्य वस्तुहरुका उत्पादकहरु साथै प्लाष्टिक उत्पादनमा प्रयोग हुने कच्चा पदार्थहरु, उत्पादनमा प्रयोग गरिने विभिन्न मेशिन–औजार–उपकरणहरु लगायत नविनतम प्रविधि समेतको प्रदर्शनी गरिने छ ।
नेपालमा सञ्चालित प्लाष्टिकजन्य उद्योग र यससँग सम्बन्धित उद्यमी व्यवसायीहरुको प्रयासमा गैर नाफामुलक संस्थाको रुपमा २०७० मा स्थापना भएका थियो ।
मेलामा नेपाल, भारत, बंगलादेश, चीन लगायतका विभिन्न उत्पादक, कच्चा पदार्थ आपुर्तिकर्ता र मेशिन उपकरण आपूर्तिकर्ता तथा मिडिया÷सेवा प्रदायकहरुको सहभागिता हुनेछ भने मेलाको सह आयोजक भारतको कम्प्लाष्ट रहेको छ ।
मेलाले नेपालमा प्लाष्टिक जन्य वस्तुको उत्पादन र उपयोग तथा उपयोग पछिको व्यवस्थापन समेतका विषयमा प्रचार प्रसार गरि जनचेतना जगाउने तथा विश्व वजारमा गरिएका नविनतम प्रविधिको विकासलाई नेपाली वजारमा समेत भित्र्याउने विषयमा मेलाले सहयोग पु¥याउने अपेक्षा गरिएको प्लाष्ट नेपाल फाउण्डेशनका अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए ।
फाउण्डेशनले प्लाष्टिकजन्य वस्तुको उपयोगिताका विषयमा उपभोक्ता, सरकारी र सार्वजनिक निकायहरुमा जागरण ल्याउने एवं जानकारी गराउँदै आएको छ । यस्तै, प्लाष्टिक उद्योगहरुको जनशक्ति विकास गर्न तालिम-प्रशिक्षण, आधुनिक र अध्यावधिक ज्ञान र सीप उपलव्ध गराउने-हस्तान्तरण गर्ने केन्द्रको रुपमा काम गर्ने, प्लाष्टिक जन्य वस्तुहरुको परीक्षण र विकास सम्वन्धि सेवा प्रदान गर्ने प्रयोगशालाको विकास गरी भविष्यमा प्रमाणिकरणको काम समेत गर्दै आएको छ ।
यो फाउण्डेशन प्लाष्टिक जन्य वस्तुहरुको सम्वन्धमा ३ आर (रियुस, रिसाइकल र रिड्युस) को विषयमा जागरण ल्याउने प्लाष्टिक क्षेत्रको प्रवद्र्धन गरि नेपाललाई प्लाष्टिक गन्तव्यको रुपमा विकास गर्ने उद्देश्य सहित स्थापना भएको हो । फाउण्डेशनले यस भन्दा अगाडी तीनवटा अन्तराष्ट्रिय प्रदर्शनी सफलतापुर्वक सम्पन्न गरीसकेको छ ।