सूर्य नेपालले ल्यायो नेपालमै उत्पादित सनफिस्ट डार्क फेन्टासी मोका फिल्स कुकिज

काठमाडौं । नेपालको निजी क्षेत्रको अग्रणी व्यावसायिक संस्था सूर्य नेपालले अब नेपालमै सनफिस्ट डार्क फेन्टासी मोका फिल्सको पनि उत्पादन गर्न थालेको छ ।
सूर्य नेपालले सदैव देशको प्रतिष्ठालाई समेत ध्यानमा राख्दै, अन्तर्राष्ट्रिय स्तरका गुणस्तरीय उत्पादनहरु बजारमा ल्याइरहेको छ । यस क्रममा उच्चकोटीका सामग्रीहरुमा कफि र चकलेटको समिश्रणमार्फत तयार गरिने डार्क फेन्टासी मोका फिल्सले कफिका पारखीहरुको मन जित्ने विश्वास कम्पनीले लिएको छ ।
बिस्कुट उत्पादन क्षेत्रमा पनि आफूलाई बिस्तार गर्दै चकलेटले भरिपूर्ण उच्चस्तरीय कुकिज, सनफिस्ट डार्क फेन्टासी चोको फिल्सको नेपालमै उत्पादन तथा बिक्री वितरण गरिरहेको छ ।
सनफिस्ट डार्क फ्यान्टसीको ब्रान्ड एम्बेसडरको रूपमा प्रतिभाशाली अभिनेत्री शिल्पा मास्केलाई नै निरन्तरता दिईएको छ । सनफिस्ट डार्क फेन्टासी मोका फिल्स अब नेपालभरीका खुद्रा पसल तथा डिपार्टमेण्ट स्टोरहरुमा उपलब्ध छ । अब उपभोक्तावर्गले यसको उपभोग गर्दै खाजाको अनुभवमा नयाँपनको आभास गर्न सक्नेछन् ।
यसको ७५ ग्रामको आकर्षक प्याकेट भित्र ६ वटा भिन्दाभिन्दै पाउच हुन्छन् र यसको मूल्य ९० रुपैयाँ रहेको छ ।