ऐतिहासिक रसुवागढी इतिहास र महत्व « Artha Path
२९ आश्विन २०७६, बुधबार

ऐतिहासिक रसुवागढी इतिहास र महत्व



सरस्वती न्यौपाने
ऐतिहासिक रसुवागढी उचित संरक्षण र रेखदेख नहुँदा र भूकम्पका कारण भत्केपछि कसैको ध्यान पुगेको छैन ।
नेपाल तिब्बतबीच सयौँ वर्षदेखि व्यापारिक र सांस्कृतिक सम्बन्ध रहिआएको छ । श्रङचङ गम्पोले अंशुबर्माकी छोरी भृकुटीलाई विवाह गरेपछि झनै प्रगाढ सम्बन्ध रहिआएको छ । प्राचीनकालदेखि नै नेपाल र भोटबीच चल्ने व्यापारको प्रमुख मार्गको रूपमा रहिआएको छ । यो मध्यकालको उत्तरार्धसम्म पनि प्रमुख व्यापारिक मार्ग र केन्द्रको रूपमा कायम रहेको इतिहासमा उल्लेख छ । तर बेला–बेलामा नेपाल र तिब्बतबीचमा चिसोपना आइरहन्थ्यो । त्यही चिसोपनाले गर्दा कहिलेकाहीँ नेपाल र तिब्बतबीच डरलाग्दो युद्ध हुने गर्दथे । त्यही बेला नेपाली फौजी हिमाली भञ्ज्याङ्गहरू नाघी तिब्बतको सिगास्से र डिगर्चासम्म पाइला राखेका थिए ।
सोहीअनुरूप सिन्धुपाल्चोकमा दुनुनागढी र रसुवामा रसुवागढी बनेको हो । भूमिको लागि चलेको युद्ध थिलथिलो भएपछि जयप्रकाश मल्लको पालामा कसर मिसिएको चाँदीको मुद्दा चलाएपछि फेरि नै विवादमा थियो । पछि नेपाल र तिब्बतबीच युद्ध भई सन्धिसमेत भयो । तर, स्यामर्पा लामा सिक्किमको बाटो हुँदै राजनीतिक शरणार्थीका रूपमा नेपाल पसेपछि फेरि तिब्बतले नेपालसँग निहुँ खोज्यो । पञ्चेन लामाले हरहिसाब खोजेपछि स्यामर्पा आफूसँग भएको धनसम्पत्ति अनुयायीसहित नेपाल आउँदा नायवबहादुर शाहले उनलाई राजनीतिक शरणार्थीका रूपमा स्वीकार गरी १८४४ को असार ५ मा लिन रणजित पाण्डेलाई खटाएका थिए । बहादुर शाहले तिब्बतसँग बदला लिने यही सही मौका हो भनी ठाने । उनी चाहन्थे सिक्किमतिरको बाटो बन्द गराएर कुती र केरुङको बाटो खुलोस्, यसबारे बारम्बार पत्राचार भए पनि तिब्बतले यस प्रस्तावलाई बेवास्ता गर्दै आएको थियो ।
स्यामर्पा लामा प्रकरणपछि तिब्बतमा नेपाली व्यापारिक लुटिन लागेका थिए । तिब्बतले केरुङ र कुतीबाट नेपालमा आक्रमण गर्ने तयारी गरेको सुइँको पाएपछि बहादुर शाहले पनि युद्ध सञ्चालन गर्ने जिम्मा बलभद्र शाहलाई सुम्पिए । यही आदेश पालना गर्दै कुतीतिर श्रीकृष्ण शाह र केरुङतिर कीर्तिमानसिंह बस्नेत खटिएका थिए । नेपालमा भोटु पाण्डे तिब्बती सेनाद्वारा पक्राउ परेपछि नेपालले थप सैनिक पठायो ।
अन्ततः तिब्बत नेपालसँग सम्झौता गर्न बाध्य भयो । सम्झौताअनुरूप चिनियाँ प्रतिनिधिलाई साक्षी राखेर तिब्बतले वर्षेनी ५० हजार १ रुपैयाँ हर्जना तिर्नुपर्ने भयो । पहिलो वर्षमा हर्जाना तिरेपछि १८४७ को साउनमा रकम बुझाउन आनाकानी ग¥यो र पछि २५ हजार रुपैयाँ बुझाउनु तयार भयो ।
पछिल्लोपटक तिब्बतले स्यामर्पा लामाको खोजी गर्न थालेपछि नेपाली सेनाले तिब्बती वार्ता टोलीका सदस्यलाई घेरा हाली पक्रिएर काठमाडौं ल्याए । झुगाको किल्ला कब्जा ग¥यो, त्यसपछि चीनसमेत नेपालसँग क्रूद्ध हुन पुग्यो । चीनले आफ्नो विशाल सेनासहित १९९४ को असार ११ मा केरुङको नेपाली किल्लामा आक्रमण गरेपछि त्यहाँबाट हटेर आठ कोस टाढाको रसुवागढीमा नेपाली सेना आइपुगे ।
चिनियाँ सेनाले लखेट्दै ल्याउँदा नेपाली सेना टिमुरे आइपुगेपछि काठमाडौंबाट हिँडेका थप सैन्य दल र युद्धमा भिडिरहेको नेपाली सेनाको स्याफ्रुबेंसीमा भेट भयो, ठूलो सङ्ख्यामा रहेका चिनियाँ सेना सिरानको बाटो भई भोटेकोसी नदी तरेपछि निहरूसँग मुकाबिला गर्न नसक्ने देखेपछि नेपाली सेना धुन्चे आए ।
त्यहाँको देउराली डाँडामा किल्ला बनाई उनीहरू बसे । तीन दिन तीन रातको लडाइँमा दुईपटक चिनियाँ सेनालाई नेपालले बलपूर्वक धपाए पनि उनीहरू फेरि पछि हट्न बाध्य भए । नेपाली सेना फेरि कमारेगढमा आए । नेपाली सेनाले चिनियाँ सेनालाई परास्त गरे पनि भोलिपल्ट ठूलो सङ्ख्यामा चिनियाँ सेना उल्टेर आएपछि नेपाली सेना धैबुङ आइपुग्यो त्यो समयमा दामोदर पाण्डे चोगदेमा तैनाथ थिए ।
दुवै पक्षबीच लडाइँ चल्दै जाँदा चिनियाँ सेना नेपाली सेनालाई पेल्दै नुवाकोटबेसी आइपुग्यो । यस्तो अवस्था आएपछि बहादुर शाहले चीन–तिब्बतसँग सम्झौता गर्नुपर्ने आवश्यकता महसुस गरे । तर, चिनियाँले स्यामर्पालाई खोजेपछि सम्झौता हुन सकेन, नेपालले स्यामर्पाले आत्महत्या गरिसकेको बताए पनि चिनियाँ सेनापतीले चित्त बझाएनन् ।
यसबेला चिनियाँ सेना बेत्रावतीपारि आइसकेको थियो । उनीलाई बेत्रावती नाघ्न नदिने उद्देश्यले आवश्यक योजना बनाउन बहादुर शाह स्वयम् नुवाकोट पुगेका थिए । चिनियाँ सेनालाई रोक्न नेपाली सेना चोकद हँुदै दुधेथुम्को र गर्खु किल्ला बनाएर बसेका थिए । धमासान लडाइँ भयो । नेपाली सेना पहाडको टुप्पामा थियो भने चिनियाँ सेना भिरालोमा मध्यवर्षात्मा बेत्रावतीमा डरलाग्दो भल बगिरहेको थियो । चिनियाँ सेनाले रासन पानीको अभावको सामान गर्न थालिसकेको थियो । नेपाली सेनाको पराक्रमले चिनियाँ सेना थप अगाडि बढ्न सकेन र चिनियाँ सेनापति तुङ ट्वाङलाई नोपलसँग सन्धि गर्नुपर्ने बाध्यता आइलाग्यो । अन्ततः अनुयायी र परिचरलाई लिएर वि.सं. १८४९ भदौ ११ मा स्वदेश फिर्ता हुनुप¥यो । यस्तो इतिहास बोकेको रसुवागढीको महत्व र इतिहास कमैलाई थाहा छ । यही गढीको नामले नै जिल्लाको नाम रसुवागढी हुन गएको हो ।


प्रतिक्रिया दिनुहोस्