एशियन हाइड्रोपावरको साधारण सभा जेठ ३२ गते, के के छन् एजेण्डा

काठमाडौं । एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा जेठ ३२ गतेका लागि बोलाएको छ । सभा द ईन्ट्रान्स क्याफे, ललितपुरमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।
सभामा हाल कायम रहेको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गरी नयाँ ठेगाना कायम गर्ने एजेण्डा समेत सभाको कार्य सूचीमा समावेश गरीएको छ ।
साधारण सभा प्रयोजनका लागि जेठ १९ गते बुक क्लोज गर्ने भएको हुदाँ जेठ १८ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभाका भाग लिन पाउनेछन् ।