आँखुखोला जलविद्युत कम्पनीको साधारण सभा सम्पन्न, संचालक समितिमा ईन्द्र कृष्ण श्रेष्ठ निर्वाचित « Arthapath.com
२० पुष २०८०, शुक्रबार

आँखुखोला जलविद्युत कम्पनीको साधारण सभा सम्पन्न, संचालक समितिमा ईन्द्र कृष्ण श्रेष्ठ निर्वाचित



काठमाडौँ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बैभव पार्टी प्यालेस मैतीदेवीमा सम्पन्न भएको हो ।

कम्पनीका अध्यक्ष राम श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभाले सामान्य र विशेष प्रस्ताव पारित गरेको छ । सभाबाट सर्वसाधारण सेयरधनीहरुको तर्फबाट ईन्द्र कृष्ण श्रेष्ठ निर्वाचित भएका छन् ।

सभाले आर्थिक वर्ष २०७९÷०८० को वार्षिक प्रगती प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । त्यसै गरी सभाले आर्थिक वर्ष २०७९÷०८० को लेखापरीक्षण प्रतिवेदन उपर छलफलसँगै लेखा परिक्षक नियुक्त र पारिश्रमिक निधारण समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्