बाराही हाइड्रोपावरले बोलायो साधारणसभा, के-के छन् एजेन्डा ?
काठमाडौं । बाराही हाइड्रोपावरले नवौं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको सभा आगामी असोज १८ गते गौरव इभेन्ट्स, गौतम प्लाजा, स्युचाटार-सालिक चोक, कलंकी, काठमाडौंमा बिहान ८ बजे सुरु हुने भएको छ ।
सभाले सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल गरी पारित गर्नेछ ।
कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । यसकारण सेयरधनीको हात खाली हुने भएको छ ।
सभाले आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ ।
कम्पनीले साधारणसभा प्रयोजनार्थ यस कम्पनीले असोज १० गते बुक क्लोज गर्ने भएको छ । असोज ९ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।