भगवती हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं । भगवती हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज (भदौ ३१ गते सोमबार) अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि असोज २ गते बुक क्लोज गर्दैछ । भोली अर्थात् असोज एक गते सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
त्यसैले आजसम्म कायम सेयरधनीले मात्र लाभांश हात पार्न र सभामा सहभागिता जनाउन सक्नेछन् । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र करसहित १०.७३ प्रतिशत नगद लाभांश गरी कुल १४.७३ प्रतिशत लाभांश वितरण गर्दैछ ।
कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न आगामी असोज १६ गते साधारणसभा बोलाएको छ ।