एक दर्जन हाइड्रोपावर कम्पनीको लाभांश घोषणा, कसको बोनस र नगद कति ?

काठमाडौं । यो वर्षका लागि लाभांश सिजन सुरु भइसकेको छ । कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् ।
हाइड्रोपावर तर्फ झन्डै एक दर्जन कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्षको मुनाफाबाट १० वटा जलविद्युत कम्पनीहरुले लाभांश दिने घोषणा गरेका हुन् ।
यो वर्षका लागि मान्डु हाइड्रोपावर कम्पनीले १२ प्रतिशत नगद लाभांश मात्रै दिने घोषणा गरेको छ । यस्तै, भगवती हाइड्रोपावरले ४ प्रतिशत बोनस र १०.७३६८ प्रतिशत नगद गरि कुल १४.७३६८ प्रतिशत लाभाशं दिने भएको हो । यता, रुरु जलविद्युत परियोजनाले भने १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश दिने भएको हो ।
यता, सुपरमाइ हाइड्रोपावरले ७ प्रतिशत बोनस सेयर र ५.६३१२ प्रतिशत नगद, साहस उर्जाले ८ प्रतिशत बोनस र ०.४२१ नगद, मन्दाकिनीले ५ प्रतिशत बोनस र ०.२६३२ प्रतिशत नगद लाभांश सुपरमाई ५ प्रतिशत बोनस र ०.२६ प्रतिशत नगद लाभांश दिने भएको छ ।
त्यसैगरि सीइडीवी हाइड्रोपावरले ११ प्रतिशत बोनस सेयर, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ३ प्रतिशत बोनस र ०.१५७ प्रतिशत नगद र अपि पावरले ५ प्रतिशत बोनस र ०.२६३२ प्रतिशत नगद लाभांश दिने भएको हो ।