विद्युत बिक्री आम्दानीसँगै बढ्यो बिन्ध्यबासिनी हाइड्रोपावरको नाफा « Arthapath.com
२७ कार्तिक २०८१, मंगलवार

विद्युत बिक्री आम्दानीसँगै बढ्यो बिन्ध्यबासिनी हाइड्रोपावरको नाफा



काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ६ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको तुलनामा कम्पनीको खुद नाफा बढेको छ । कम्पनीको विद्युत बिक्री आम्दानी बढेसँगै नाफा बढेको देखिन्छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २.५५ प्रतिशत बढेर १५ करोड ६ लाख रुपैयाँ पुगेको छ । यसअवधिमा कम्पनीको कार्यलय सञ्चालन खर्च एक करोड ३० लाख रुपैयाँ भएको छ भने वित्तीय खर्च ५.५५ प्रतिशतले घटेर तीन करोड ४३ लाख रुपैयाँ छ।

चुक्ता पूँजी एक अर्ब ५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १५ करोड ६ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २४.३६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११८.६७ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्