हिमालयन पावर पार्टनरले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने
काठमाडौं । हिमालयन पावर पार्टनरले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीको कात्तिक २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्नेछ। कम्पनीले सहवित्तीयकरण बैंकहरुको ऋण भुक्तानी गर्ने प्रयोजनको लागि हकप्रद सेयर निष्काशन गर्न लागेको हो।
विद्युत नियमन आयोगको सहमति लिई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात सो दरमा हकप्रद सेयर निष्काशन गर्नेछ।