युनियन मेवा हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धक नियुक्त « Arthapath.com
२१ मंसिर २०८१, शुक्रबार

युनियन मेवा हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धक नियुक्त



काठमाडौं । युनियन मेवा हाइड्रोपावरले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ३५ करोड ३८ लाख रुपैयाँ बराबरको ३५ लाख ३८ हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । यसका लागि कम्पनीले सनराइज क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

बिक्री प्रबन्धसम्बन्धी उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र युनियन मेवा हाइड्रो लिमिटेडकोे तर्फबाट अध्यक्ष किरण मल्लले हस्ताक्षर गरेका छन् ।

युनियन मेवा हाइड्रोले ताप्लेजुङ जिल्लाको मिक्वा खोला गाउँपालिकामा रहेका २३ मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजना निर्माणाधिन करिब ३५ प्रतिशत कार्य सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्