जोशी हाइड्रोपावरको स्थगित साधारणसभा कहिले हुँदैछ ?

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्टको स्थगित साधारणसभा अब माघ २४ गते हुने भएको छ । कम्पनीले माघ १५ मा बोलाएको २ आर्थिक वार्षिक साधारणसभा गणपुरक संख्या (कोरम) नपुगेर स्थगित भएको थियो ।
कम्पनीले यसअघि राखेका सबै एजेन्डाहरु यथावत् गर्दै सभा बोलाएको हो । कम्पनीको नवौं र दशौं वार्षिक साधारणसभा सेलिब्रेशन हाईट, सुकेधारा काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०७९–८० र २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
यस्तै, कम्पनीको रिक्त महिला १ सहित ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनार्थ कम्पनीले माघ ३ गते गते बुक क्लोज गरिसकेको छ । तसर्थ, माघ २ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउने छन् ।