विद्युत बिक्री आम्दानी घटेपछि कुथेली बुखरीको नाफामा गिरावट

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको नाफा घटेको छ ।
कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ८८ लाख ४६ हजार रुपैयाँ मात्रै नाफा कमाएको छ । तर, यो गत आवको तुलनामा १४.२६ प्रतिशत कमी हो । गत आवको दोस्रो त्रैमासमा कम्पनीले १ करोड ३ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानीमा पनि ७.८४ प्रतिशत गिरावट आएको छ । ६ महिनामा कम्पनीको यस्तो आम्दानी १ करोड ९९ लाख ५९ हजार रुपैयाँ मात्रै छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीको यस्तो आम्दानी २ करोड १६ ला ख ५८ हजार रुपैयाँ रहेको थियो ।
हाल कम्पनीको चुक्ता पुँजी १२ करोड १८ लाख ६७ हजार रुपैयाँ छ । कम्पनीले जगेडा तथा कोषमा भने भने ६ करोड १८ लाख २६ हजार रुपैयाँ राखेको छ ।
हाल कम्पनीको सेयर आम्दानी १४.५२ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १५०.७३ रुपैयाँ रहेको छ।