विद्युत बिक्री आम्दानीसँगै घट्यो बिन्ध्यबासिनी हाइड्रोपावरको नाफा, ईपीएस कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ८ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ। सो अवधिसम्म कम्पनीको खुद नाफा ३.१६ प्रतिशत घटेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको खुद नाफा ८ करोड ७९ लाख रुपैयाँ थियो।
सो अवधिसम्म कम्पनीले विद्युत बिक्रीमार्फत २४ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी २४ करोड ७३ लाख रुपैयाँ थियो।
कम्पनीको वित्तीय खर्च ७ करोड ८ लाख रुपैयाँबाट घटेर ६ करोड ८६ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको प्रशासनिक खर्च पनि २ करोड ८२ लाखबाट घटेर २ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ३१ पैसा घटेर १५ रुपैयाँ ४३ पैसामा झरेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ १४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४३.०९ गुणा रहेको छ।
१ अर्ब ५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा २१ करोड १४ लाख रुपैयाँ रहेको छ । यस कम्पनीको अन्य इक्विटीमा २१ करोड १४ लाख रुपैयाँ छ।