रु रु जलविद्युतको नाफा बढ्दा अन्य सूचक कस्ता छन् ?

काठमाडौं । रु रु जलविद्युत परियोजनाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ६ करोड ७६ हजार रुपैयाँ खुद नाफा कमाएको छ यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.९२ प्रतिशत धेरै हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको थियो ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ९ करोड २२ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.९९ प्रतिशत मात्र बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ९ करोड १३ लाख रुपैयाँ रहेको थियो।
कम्पनीको कुल नाफा ३.५१ प्रतिशत बढेको छ भने वित्तीय आम्दानी २९.२३ प्रतिशत र वित्तीय खर्च २९.२३ प्रतिशत घटेको छ।
नाफा सामान्य बढेपनि कम्पनीको प्रतिसेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ ७२ पैसा घटेर २१ रुपैयाँ १८ पैसामा झरेको छ। पुसको अन्त्यसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ३४.४२ गुणा रहेको छ।
५६ करोड ७३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १६ करोड ४५ लाख रुपैयाँ सञ्चित छ।