१३० वटा औद्योगिक ग्राम बनाउन १ अर्ब १९ करोड रुपैयाँ अनुदान « Arthapath.com
२९ भाद्र २०७७, सोमबार

१३० वटा औद्योगिक ग्राम बनाउन १ अर्ब १९ करोड रुपैयाँ अनुदान



काठमाडौं । १३० वटा औधोगिक ग्राम निर्माणका लागि स्थानिय तहलाई प्रस्ताव माग गरेको छ । एक औधोगिक ग्राम निर्माणका लागि सरकारले ९२ लाख रुपैयाँ रकम अनुदान दिने सम्झौता भएको छ ।

‘एक स्थानीय तह एक औद्योगिक ग्राम’ परियोजना अनुसार चालु आर्थिक वर्षका लागि १३० औद्योगिक ग्राम परियोजना अघि बढाउन १ अर्ब १९ करोड ६० लाख रुपैयाँ अनुदान दिईने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

सरकारी मापदण्डअनुसार औद्योगिक ग्रामका लागि हिमाली र दूर्गम पहाडी क्षेत्रमा ३० रोपनी, पहाडी क्षेत्रमा ४० रोपनी र तराई क्षेत्रमा ७ विगाह न्यूनतम क्षेत्रफल तोकिएको छ । घना बस्तीबाट १ किलोमिटरको दूरीमा मात्र औद्यागिक ग्राम स्थापना गर्ने र २ सय मिटरको परिधिभित्र मानव बस्ती विकास गर्न नहुने उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्