एफएनसीसीआईमा मतदान गर्ने सदस्यहरुको नामावली प्रकाशित « Arthapath.com
३ मंसिर २०७७, बुधबार

एफएनसीसीआईमा मतदान गर्ने सदस्यहरुको नामावली प्रकाशित



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन समितिले निर्वाचनमा मतदान गर्न पाउने सदस्यहरुको नामावली प्रकाशन गरेको छ । समतिले महासंघको जिल्ला नगर संघ, वस्तुगत र एसोसियटतर्फका सदस्यहरुको नामावली प्रकाशित गरेको हो ।

मंसिर ११ गतेदेखि १३ गतेसम्म हुने महासंघको ५४ औं साधारणसभाका लागि निर्वाचन समितिले मताधिकार प्रयोग गर्न पाउने सम्बन्धी मतदाता नामावली बमोजिम सदस्यहरुको नामावली प्रकाशित गरेको बताएको छ । साथै नामावलीमा रहेका तर नविकरण हुन बांकी सदस्य संघरसंस्थाहरुले मंसीर ११ गते विहान ९ बजेसम्म आर्थिक २०७६÷०७७ सम्मको वार्षिक शुल्क बुझाई तोकिए बमोजिम प्रतिनिधि मनोनयन गर्नु पर्ने पनि जनाएको छ ।

सूचनामा प्रकाशित नामावली अनुसार जिल्ला नगर उद्योग वाणिज्य संघतर्फ कुल १ सय ७ सदस्य रहेका छन् । जसमध्ये प्रदेश १ मा २३, प्रदेश २ मा १२, बागमती प्रदेशमा १६, गण्डकी प्रदेशमा १३, प्रदेश ५ मा २२, कर्णाली प्रदेशमा १० र सुदूरपश्चिम प्रदेशमा १० सदस्य तथा संघ संस्था रहेका छन् ।

यस्तै वस्तुगततर्फ १ सय १ सदस्य रहेका छन् भने निर्वाचनमा द्धिराष्ट्रिय उद्योग वाणिजय संघले पनि मतदान गर्न पाउने छन् । जसमा १२ वटा सदस्यहरु रहेका छन् । यस्तै, एसोसिएटतर्फ पनि ९ सय २३ सदस्य संस्थाहरु रहेका छन् भने निर्वाचनमा संस्थापक सदस्यहरुले पनि मतदान गर्न पाउने छन् । महासंघमा संस्थापक सदस्य तथा संघरसंस्थाहरु १२ रहेका छन् ।

file:///C:/Users/Personal/Downloads/fncci.pdf


प्रतिक्रिया दिनुहोस्