४ महिनामा साढे ९ अर्बको चामल आयात « Arthapath.com
१९ मंसिर २०७७, शुक्रबार

४ महिनामा साढे ९ अर्बको चामल आयात



काठमाडौं । नेपालले चालु आर्थिक वर्षको पहिलो चार महिनामा करिब साढे ९ अर्ब रुपैयाँको चामल आयातगरिएको छ । भन्सार विभागका अनुसार साउनदेखि कात्तिकसम्म भएको चालमको यो आयात विगतको तुलनामा करिब डेढ गुणा बढी रहेको छ ।

यो अवधिमा १ लाख ९८ हजार मेट्रिक टन ९१९ करोड ८३ लाख किलो० चामल आयात भएको छ । भन्सार विभागका महानिर्देशक सुमन दाहालका अनुसार यो गत वर्षको यसै अवधिको तुलनामा १२० प्रतिशत बढी हो । गत वर्ष कात्तिकसम्म भारतबाट ९० हजार मेट्रिक टन चामल आयात भएको थियो ।

यो वर्ष भन्सार विभागले चामलबाट ९० करोड भन्सार राजस्व असुल गरिसक्यो । गतवर्ष यही अवधिमा ४ अर्ब ९० करोडको चामल आयात हुँदा ३९ करोड रुपैयाँ भन्सार असुल भएको थियो ।


प्रतिक्रिया दिनुहोस्