अफगानी नागरिकको सहयोगार्थ महासंघद्वारा बन्दोबस्तीका सामग्री प्रदान « Arthapath.com
२ माघ २०७८, आईतवार

अफगानी नागरिकको सहयोगार्थ महासंघद्वारा बन्दोबस्तीका सामग्री प्रदान



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले मानवीय संकट गहिरिदै गएको अफगानिस्तानका नागरिकका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत बन्दोबस्तीका सामग्रीहरू पठाएको छ । महासंघले उक्त सामग्री नेपाल सरकार परराष्ट्र मन्त्रालय मार्फत त्यसतर्फ पठाएको हो ।

महासंघ अध्यक्ष शेखर गोल्छाले परराष्ट्र मन्त्री माननीय डा. नारायण खडकालाई हस्तान्तरण गरेको थियो । मन्त्रालयको आग्रहमा महासंघले करिब आठ सय किलोग्राम बराबरको अत्यावश्यकीय भाडाकुडा लगायत वन्दोवस्तीका सामाग्रीहरु उपलब्ध गराएको हो ।

युद्धग्रस्त मुलुक अफगानिस्तानमा दैनिक उपभोग्य सामाग्रीको चरम अभावले नागरिकको दैनिकी अत्यन्त कष्टकर बन्दै गएको हुदाँ जीवनयापन केहि सहज होस भनेर महासंघले उक्त सहयोग उपलब्ध गराएको हो ।

नेपालबाट सहयोग सामाग्री बोकेको जाहाज आइतबार अफगानिस्तानको राजधानी काबुल उडेको छ ।

मुुलुकभित्र वा बाहिर समस्यामा परेका सर्वसाधारण नागरिकको सहयोगका लागि महासंघले सधै अग्रभागमा रहेर सहयोग गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्