भक्तपुर चेम्बर अफ कमर्समा आवद्ध व्यवसायीका लागि बुस्टर डोज दिइयो « Arthapath.com
९ माघ २०७८, आईतवार

भक्तपुर चेम्बर अफ कमर्समा आवद्ध व्यवसायीका लागि बुस्टर डोज दिइयो



काठमाडौं । भक्तपुर चेम्बर अफ कमर्सले २०७८ माघ ८ गते उद्यमी व्यवसायीका लागि कोभिड १९ विरुद्धको बुस्टर डोज खोप कार्यक्रम सञ्चालन गरेको छ । भक्तपुर नगरपालिका स्थित भक्तपुर पार्टी भेन्यूमा सञ्चालन भएको उक्त खोप कार्यक्रममा भेरोसेल खोपको बुस्टर डोज दिइएको थियो ।

कोभिड १९ संक्रमण विरुद्धको बुस्टर डोज उद्यमी व्यवसायीलाई पनि प्रथमिकतामा राखेर दिइनु पर्ने माग अनुरुप कार्यक्रम सञ्चालन गरेको भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछे रत्न मानन्धरले बताए । साथै उनले पहिलो चरणको कार्यक्रममा थोरै संख्यामा मात्र खोप उपलब्ध भएको हुंदा उद्यमी व्यवसायीका लागि बढि भन्दा बढि खोपको व्यवस्थापन गर्न भक्तपुर चेम्बर अफ कमर्सले पहल गर्दै जाने बताएका छन् ।

स्वास्थ्य कार्यालय भक्तपुरको सहयोगमा भएको उक्त कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्समा आवद्ध उद्यमी व्यवसायी र भक्तपुरका वस्तुगत संघसंस्थाका पदाधिकारीहरु गरी १ सय ४७ जनाले खोप लगाएका छन् । जस अन्तर्गत ४८ महिला र ९९ पुरुष रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्