भन्सार एजेन्टको लिखित परीक्षा स्थगित « Arthapath.com
९ माघ २०७८, आईतवार

भन्सार एजेन्टको लिखित परीक्षा स्थगित



काठमाडौं । भन्सार एजेन्टको लिखित परीक्षा कार्यक्रम स्थगित गरिएको छ । भन्सार विभागले २०७८ माघ ७ गते एक सूचना जारी गर्दै एजेन्टको लिखित परीक्षा कार्यक्रम स्थगित गरेको जानकारी गराइएको हो ।

विभागले २०७७ चैत १६ गतेको सूचना बमोजिम भन्सार नियमावली, २०६४ को नियम ३७ १ बमोजिम भन्सार एजेन्टको इजाजतपत्रको लागि दरखास्त आव्हान गरेको थियो । कोभिड–१९ को माहामारीका कारण स्थगित भएको लिखित परीक्षा २०७८ माघ २९ गते संचालन गर्ने गरी विभागबाट सो मितिमा तय गरिएको विभागको सूचनामा उल्लेख गरेको छ ।

कोभिड–१९ को प्रकोपमा वृद्धि भएको, लोक सेवा आयोग र त्रिभुवन विश्वविद्यालय समेतबाट परीक्षाका कार्यक्रमहरु स्थगित गरिएको हुँदा यस विभागबाट संचालन गर्न लागिएको भन्सार एजेन्टको लिखित परीक्षा कार्यक्रम हाललाई स्थगित गरिएको छ । परिस्थिति सहज हुना साथ शिघ्र परीक्षाको मिति प्रकाशित गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्