यस्ता छन् भोलि बस्ने युनिलिभर नेपालको २९औं वार्षिक साधारण सभाका एजेण्डा « Arthapath.com
१९ मंसिर २०७९, सोमबार

यस्ता छन् भोलि बस्ने युनिलिभर नेपालको २९औं वार्षिक साधारण सभाका एजेण्डा



काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले २९औं वार्षिक साधारण सभा भोलि अर्थात मंसिर २० गतेका लागि बोलाएको छ । सभा होटल एभरेष्ट, नयाँ बानेश्वर, काठमाडौंमा दिउसो ४ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको आधारमा प्रतिकित्ता १ हजार २१५ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्तावप पारित गर्नेछ । साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि मंसिर ४ गतेदेखि बुक क्लोज गरेको हुदाँ मंसिर १ गते कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस्